Logo

जसपा नेपालले बोलायो केन्द्रीय समिति बैठक, छलफलका लागि १० वटा एजेण्डा तय



काठमाडौं, २६ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । जसपा नेपालको नवगठित केन्द्रीय समितिको बैठक भोलिबाट सुरु हुन लागेको हो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवका निजी सचिव महेश चौरसियाका अनुसार भोलिदेखि ४ दिनसम्म केन्द्रीय समिति बैठक चल्नेछ । ललितपुरको थसी बैंक्वेटमा बैठक आह्वान गरिएको छ ।

बैठकमा वर्तमान भू–राजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध, वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, नेपालको सन्दर्भमा पहिचान र राष्ट्रिय जातीय मुक्तिको सवाललगायतका विषयमा छलफल हुने बताइएको छ ।

त्यस्तै, नेपालको सन्दर्भमा समाजवाद सम्बन्धी अवधारणा, जसपा नेपालको आदर्श, वैचारिक एवम् सैद्धान्तिक अवधारणा, संविधान संशोधनको आवश्यकता र अपरिहार्यता, स्थानीय तह, प्रदेश सभा र संसदमा पार्टीको भूमिकालगायतको विषय छलफलका लागि निर्धारण गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्