Logo

संविधानले २१ जना मन्त्री बनाउने अधिकार दिएको छ, मैले त २० जनामात्रै बनाएको छुः शतिषकुमार सिंह (भिडिओसहित)



काठमाडौं, २६ साउन । मधेश प्रदेशका मुख्यमन्त्री शतिषकुमार सिंहले संवैधानिक व्यवस्था बमोजिम नै आफूले प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार गरेको बताएका छन् । आज (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संविधानले आफूलाई २१ जना मन्त्री बनाउने अधिकार दिएकाले अहिले २० जना मन्त्री बनाएको बताएका हुन् ।

मधेश प्रदेश सरकारमा दुई ठूला दलहरु पनि सहभागी रहेको बताउँदै उनले धेरै मन्त्री भएर केही नविग्रिने बताए । अहिले मुख्यमन्त्री र मन्त्रीहरुले काम गर्न नभ्याइरहेको अवस्था बताउँदै उनले राज्यमन्त्री हुँदा काममा थप सहजता हुने बताए ।

‘ठूला–ठूला पार्टीहरु पनि छन् हामीसँग । यो त संविधानमा व्यवस्था भएको, किन व्यवस्था भयो त ? त्यहाँ व्यवस्था पाँचै वटा मन्त्री भएको भए छ गरेको थियो भने म दोषी हुन्थेँ । यहाँ २१ वटाको व्यवस्था गरिएको छ । अधिकार पाएको छ भने कार्यान्वयन त भइहाल्छ नि । मैले राज्यमन्त्री बनाएर काम गर्नुछ । काम गर्ने मान्छे पाइरहेको छैन । मन्त्री र मुख्यमन्त्रीले भ्याइरहेका छैनन्,’– उनले भने ।

प्रदेश सरकारमा २० जना मन्त्री बनाएकोमा जनमत पार्टीका अध्यक्ष सिके राउत असन्तुष्ट रहेको उनले स्वीकार गरे । पार्टी अध्यक्ष राउतले आफूलाई स्पष्टीकरण सोधेको र जवाफ पनि दिएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्