Logo

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, बोल्न बाँकी नेताहरुले आफ्नो धारणा राख्ने



काठमाडौं,२७ साउन । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । माओवादीको स्थायी समितिको बैठक साउन २५ गतेबाट लगातार जारी रहेको छ ।

आज पनि बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहनेछ । बैठकमा पार्टीको भूमिका, प्रतिपक्षको भूमिका, जनदबाबका कार्यक्रम, जनसङ्गठन बिस्तार एवं सुदृढीकरण र जनतामा जाने विशेष कार्यक्रमहरू लगायत समसामयिक विषयमा छलफल हुने छ ।

सत्ताबाट बहिर्गमित भएको माओवादी केन्द्रले संसद्मा पार्टीको भूमिका, संगठन बिस्तारसँगै मुलुकको समग्र राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाएको हो।

हिजोको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बृहत् वामपन्थी एकताको पहल अघि बढाउनु पर्नेमा जोड दिएका थिए।



प्रतिक्रिया दिनुहोस्