Logo

प्रचण्डलाई चुनौति दिने जनार्दनको दस्तावेजः ‘माओवादी योजनाविहीन र संगठनविहीन बन्यो’



काठमाडौं, २७ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्वले खेलेको ऐतिहासिक भूमिका र जनताको योगदानबाट प्राप्त उपलब्धीमाथि नै प्रश्न उठ्न थालेको बताएका छन् । आज (आइतबार) पार्टी स्थायी कमिटी बैठकमा लिखित प्रताव पेश गर्दै उनले माओवादी र नेतृत्वप्रति विश्वास गरेर जनयुद्ध, जनआन्दोलनमा लागेका वर्गको दैनिक जीवनका समस्या समाधान गर्न नसक्दा समस्या आएको उनले उल्लेख गरेका छन् । उनले अहिले माओवादी योजनाविहीन र संगठनविहीन अवस्थामा रहेको बताएका छन् ।

माओवादीसँग आजको दिनमा संविधानबाहेक देखाउने केही अर्को उपलब्धी नै नरहेको उनको भनाइ छ । उनले माओवादीको एजेण्डाहरु दिनानुदिन खोसिँदै गएको र माओवादीलाई माया गर्ने वर्ग, जाति र समुदाय माओवादीकै निर्णय र व्यवहारले टाढिएको उनको निश्कर्ष छ ।

‘माओवादी पार्टी योजनाविहीन र संगठनविहीन बन्न पुग्यो । आज हामीसँग संविधानको अलवा न जनाधार छ, न संगठन छ । केही सीमित उपलब्धी बाहेक न कुनै देखाउन लायक कामहरु छन् । न हाम्रो कुनै मौलिक विकासको मोडेल छ । हाम्रो एजेण्डाहरु खोसिँदै जाँदा हामीलाई माया गर्ने वर्ग, जाति, समुदाय हाम्रो व्यवहार र निर्णयले टाढिएको छ,’– उनले दस्तावेजमा भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्