Logo

चालिस कटेसी रमाउँला भनेर गीत गाउँछन्, जनसंख्या झन घट्ने भयोः प्रधानमन्त्री ओली



काठमाडौं, २९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई २०/३० वर्षको उमेरभित्र विवाह गर्न सुझाव दिएका छन् । आज (मंगलबार) नेपाल युवा सम्मेलन–२०२४ लाई सम्बोधन गर्दै उनले युवाहरुलाई २०/३० वर्षको उमेरभित्र विवाह गर्न र बच्चाबच्ची पाइहाल्न सुझाव दिएका हुन् । उनले फ्यूचर जेनेरेशनको बारेमा पनि सोच्नुपर्ने भन्दै युवाहरुलाई उक्त सुझाव दिएका हुन् ।

उनले अहिले युवाहरुले ४० कटेसी रमाउँला भन्ने गीत गाउने गरेको बताउँदै उनले जनसंख्या झन घट्ने खतरा बढेको बताए । ‘अहिले नेपालको जनसंख्या वृद्धिदर कम हुँदैछ । अब धेरै ढिलोमा पनि ५० वर्षपछि जेष्ठ नागरिकहरुको देश हुने खतरा बढ्दैछ । गीत गाउँछन्, ४० कटेसी रमाउँला भनेर । उमेर छउन्जेल विदेशतिर गइराखेका हुन्छन् । त्यसो भएपछि जनसंख्या झन घट्नेभयो । मेरो एउटा सुझाव छ । २०/३० वर्षभित्रको उमेरमा बिहे गर्नुस् । छिट्टै बच्चाबच्ची पाइहाल्नुस् । त्यसो गरेपछि अनि जबमा लागेपनि भयो, जे गरेपनि भयो । बाहिरफेर गएपनि भयो । छोराछोरी हुर्किँदैगर्छन् । फ्यूचर जेनेरेशनको कुरा गर्ने, पैसाले फ्यूचर हुन्छ ? फ्यूचरका लागि बालबच्चा चाहियो होला नि त ?’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्