Logo

माओवादीभित्रको ऐँजेरु शल्यक्रिया गर्छौं, तर हामीले अध्यक्ष प्रचण्डको नेतृत्व अस्वीकार गरेको होईनः ओनसरी घर्तीमगर



काठमाडौं, ३० साउन । नेकपा (माओवादी केन्द्र) कि नेतृ एवं पूर्व सभामुख ओनसरी घर्तीमगरले अब पार्टीको नेतृत्व चयन टीका लगाएर र घोषणा गरेर नहुने बताएकी छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले टीका लगाएर र घोषणा गरेर कसैले पनि नेतृत्व लाद्न नसक्ने बताएकी हुन् । उनले माओवादीमा परिवारवादको पनि प्रभाव नरहने उनको भनाइ छ । उनले

‘टीका लगाएर पनि हुँदैन, घोषणा गरेर पनि हुँदैन । उसको कर्मले हुन्छ । उसले आन्दोलनको नेतृत्व गरेर स्थापित हुनुपर्छ, सबैको विश्वास जितेको हुनुपर्छ, त्यो हो लिडरसीप । हामी हाम्रो पार्टीमा टीका लगाउँदैनौं, घोषणा गर्दैनौं । यति कुरा चाहीँ लेखेर राख्नुस्,’– उनले भनिन् ।

साथै, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउन र देश र जनताप्रति जिम्मेवार हुनका लागि खुल्ला वहसको आह्वान गरेको उनले बताईन् । प्रचण्डको विरुद्धमा र नेतृत्वको विकल्पमा केही पनि नेता नरहेको उनको भनाइ छ । उनले प्रचण्डको पनि कमीकमजोरी रहेको बताईन् ।

‘आजको दिनमा पनि हामीले अध्यक्ष प्रचण्डको नेतृत्व अस्वीकार गरेको होईन । अबको आन्दोलन कसरी हाँक्ने ? आन्दोलन जारी राख्नका लागि, देशको विकासका लागि सही ढंगले आन्दोलन सञ्चालन गर्नका निमित्त अबको दिनमा कस्तो किसिमको नेतृत्व हुनुपर्छ भनेर विधिको वहस हो । कसैले भ्रममा नपरे हुन्छ । अध्यक्ष प्रचण्ड देउता होईन, कमीहरु छन् । तर, अध्यक्ष प्रचण्डको विकल्प र उहाँले सक्न्भएन भनेर कसैले भनेको छैन,’– उनले भनिन् ।

साथै, उनले अब माओवादीभित्र रहेको फोहोरको डङ्गु र ऐँजेरु सखाप पार्नेतर्फ आफूहरु अगाडि बढेको उनले बताईन् । नेपाली जनताको पक्षमा निस्वार्थ भावनाले आफूहरुले सधैं त्याग गर्ने उनले बताईन् । माओवादीभित्र पलाएको ऐँजेरुको शल्यक्रिया हुने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्