Logo

कांग्रेसले जबसम्म समाजवाद बोकिरहन्छ, तबसम्म देशको आर्थिक उन्नति हुँदैनः श्याम घिमिरे (भिडिओहित)



काठमाडौं, ३० साउन । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले पार्टीले अब समाजवाद बोकेर हिँड्न नहुने बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेसले समाजवाद बोकेर हिँड्दासम्म देशको आर्थिक विकास नहुने बताएका हुन् । उनले यो विषय पार्टीको केन्द्रीय कमिटीमा पनि उठाएको बताए । ‘कांग्रेसले जुनदिनसम्म समाजवाद बोकिरहन्छ, तबसम्म यो देशको आर्थिक उन्नति हुँदैन,’– नेता घिमिरेले भने ।

साथै, नेता घिमिरेले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयक आज सर्वसम्मतीले प्रतिनिधि सभाबाट पारित हुने बताए । नेता घिमिरेले टीआरसी विधेयक पारित भएरमात्रै सबै समस्या समाधान नहुने बताउँदै त्यसपछि बन्ने आयोगहरुमा योग्य मान्छे राख्न सक्नुपर्ने बताए ।

त्यस्तै, कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले आफ्नो ढंगले काम गरिरहेको उनले बताए । मन्त्रीहरुले गरेको कामको परिणाम देखिन केही समय लाग्ने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्