Logo

टीआरसी विधेयक पास हुनुअघि प्रधानमन्त्रीले भने: देशमा पुनः द्वन्द्व नहोस् भन्ने तरिकाबाट शान्ति प्रक्रियाको काम भइरहेको छ



काठमाडौं,३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियापश्चात् पृथकताको सोच बोकेका अनेक समूहलाई शान्ति, लोकतन्त्रको पक्ष र राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सफल भएको बताएका छन् । उनले १० वर्षे द्वन्द्वलाई पनि नेपालले मौलिक हिसाबले शान्ति प्रक्रियाको काम टुंगो लगाउँदै आएको पनि उल्लेख गरे ।

टीआरसी विधेयक पारित गर्नुअघि प्रतिनिधिसभामा सम्बोधन गर्दै पीडितलाई केन्द्रमा राखेर विधेयक आएकाले प्रतिनिधिसभापछि लगत्तै राष्ट्रियसभाबाट पनि पारित हुने बताए ।

उनले भने, ‘शान्तिका पक्षधर हामी सबै छौं । यो खुसीको कुरा हो । यो ऐन बनेपछि यसअन्तर्गत आयोग निर्माण गरेर काम गर्न सरकारले सहयोग गछौं । अरु दलबाट पनि सहयोग गर्छन् भन्ने विश्वास लिएको छु ।’

प्रधानमन्त्री ओलीले देशमा पुर्न द्धन्द्ध नदोहोरिओस् भन्नका लागि दिगो रुपमा शान्तिप्रक्रियाका काम सम्पन्न गर्न लागिएको बताएका छन् । “यो मौलिक छ र हाम्रो आफ्नै प्रयासबाट अघि बढेको छ । शान्ति प्रक्रियाको अन्य तमाम कुरा कहिले तीब्र, कहिले धिमा गतिमा समाधान हुँदै आएको छ,” उनले भने, “दुनियाँका लागि नमुनाका रूपमा शान्ति प्रक्रिया द्वन्द्व व्यवस्थापनको काम भएको छ ।”



प्रतिक्रिया दिनुहोस्