Logo

कांग्रेस-एमालेलाई माधव नेपालको खबरदारी: बहुदल हामीले ल्याएका हौं, दुईदलीय व्यवस्था सहनेवाला छैनौं



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा शान्ति प्रकृयालाई निष्कर्षमा प्रर्याउनका लागि धेरैले योगदान गरेको भन्दै कमजोर ठान्न नहुने बताएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले शान्ति पक्रियालाई यहाँसम्म ल्याउउनमा ठूलो योगदान गरेको बताए । उनले सानो सुखले यो अवस्था आइनपुगेको भन्दै कमजोर आँक्न नहुने बताए ।

‘साना दुःखले ल्याएको शान्ति प्रक्रिया होइन । मन सफा हुनुपर्छ, देश र जनताको माया हुनुपर्छ’, उनले भने,‘जब शान्ति प्रक्रियामा हस्ताक्षर भयो त्यसमा हामी सहभागी भएकालाई पनि साक्षी राख्नुस् भन्दा सानो चित्त भएकाले राखेनन् ।’ उनले भने ।

उनले संविधान संशोधनको कुरा गरेर मध्यरातमा हस्ताक्षर गरेको भन्दै नेपालमा दुई दलीय व्यवस्था आउन नदिने बताए । उनले भने, “दुईदलीय शासन ल्याउन खोजेको हो ? आउन दिँदैनौँ । बहुदलीय व्यवस्था हामीले ल्याएका हौँ । यसलाई अझ समृद्ध बनाउन चाहन्छौँ,” उनले भने,”क्या मीठो बात छ ! संविधान संशोधन । राति हस्ताक्षर गर्ने हो ? के हो नियत ? ख्याल गर्नुस्, दुईदलीय व्यवस्था कसैले सहनेवाला छैन । सङ्घीय लोकतान्त्रिकलाई अझ समृद्ध बनाउँछौँ ।”



प्रतिक्रिया दिनुहोस्