Logo

भारतबाट नेपालले विधिको शासन र राजनीतिक स्थिरता सिक्नुपर्छः मनिष सुमन (भिडिओसहित)



काठमाडौं, ३१ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सदस्य मनिष सुमनले भारतबाट नेपालले विधिको शासन र स्थिरता सिक्नुपर्ने बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा भारतको ७८औं स्वतन्त्रता दिवसको सन्दर्भतर्फ केन्द्रीत हुँदै उनले भारतले विधि मिचेर काहिले पनि काम नगर्ने र स्थिर सरकार दिने गरेको बताए । उनले नेपालमो अहिलेसम्म ४५/४६ जना प्रधानमन्त्री फेरिइसक्दा पनि कहिले पनि ५ वर्ष एउटै सरकार अगाडि जान नसकेको बताए ।

‘हामीले सबैभन्दा पहिला विधिको शासन सिक्नुपर्छ । भारत विधिको शासनले स्थापित मूलुक हो । जुन काम पनि भारतले विधि मिचेर कहिल्यै गर्दैन । अर्को भारतले यतिका दिनसम्म स्थिर सरकार दिँदै गयो । हामी थुप्रै कामहरुमा आफ्नाका लागि विधि मिच्ने काम गर्छौं । तर, भारतले कहिले पनि विधि मिच्दैन ।’ उनले भने, ‘त्यहाँ अल्पमतको सरकार पनि पूरै ५ वर्ष स्थिरताको साथ चलाउँछन् । हामी कहाँ अहिलेसम्म ४५/४६ जना प्रधानमन्त्री फेरिइसके । अहिलेसम्म एउटै सरकार ५ वर्ष टिक्न सकेको छैन । त्यस्रो कुरा भनेको त्यहाँ आवधिक निर्वाचन पक्का छ । अरु जे होस् । आवधिक निर्वाचनको क्यालेन्डर सबैलाई थाहा छ, अपरिवर्तनीय छ । यो हामीले भारतबाट सिक्नुपर्ने कुरा हो ।’

साथै, उनले जसपा नेपालको महाधिवेशनपछिको पहिलो बैठक चार दिन लगातार बसेर सम्पन्न भएको उनले बताए । बैठकले २ सय १५ जना नै केन्द्रीय सदस्यलाई एउटा–एउटा भूगोल दिएर फिल्डमा पठाउने निर्णय केन्द्रीय कमिटीले गरेको उनले बताए । सो अभियान ४ महिना चल्ने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्