Logo

झक्कुलाई कांग्रेस सांसद्को जवाफ: गोली र बुट खाएर तपाईंहरुलाई सदनमा ल्याउने हामी हौं, सत्ता गुमेको धङधङीबाट मुक्त हुनुस्



काठमाडौं,३१ साउन । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्टले नेपाली कांग्रेसकै कारण माओवादी केन्द्र सदनमा आईपुगेको जिकिर गरेका छन् । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद भट्टले माओवादी सांसद झक्कुप्रसाद सुवेदीले कांग्रेसका कारण लोकतन्त्रमाथि खतरा भएको टिप्पणी गरेपछि जवाफ फर्काउँदै सो कुरा बताएका हुन् । उनले कांग्रेसले बुट र गोली नखाएको भए माओवादीको संसद् छिर्ने सपना पूरा हुन समय लाग्ने अवस्था बनेको दाबी गरे ।

‘राजनीतिक विषयमा प्रवेश नगरौं भन्नेमा थिए । तर, नेताहरुले राजनीतिक विषय उठाउनु भयो । त्यसैले मैले पनि केही कुरा भन्नुपर्छ । केही जवाफ मैले पनि दिनुपर्छ । म सार्थीहरुलाई विनम्रताका साथ सोध्न चाहान्छु । ०३६ सालको जनमत संग्रह हुँदा कहाँ भोट हालेका थियौं?’ उनले प्रश्न गर्दै भने ‘आज कांग्रेस नभएको भए हाम्रो घाँटी रेटिँदा हामीले ढुंगा खाँदा सबै विचारको सम्मान गरेर यो सदनमा उभिएर बोल्ने ठाँउ बनेको हो । त्यो पार्टी हो जसले बुट र गोली खायो । घाँटी रेटियो । तपाईहरुलाईं सदनमा ल्याउने पार्टी कांग्रेस हो । कहिलेकाँही असल कुराको पनि ख्याल गरौं’ ।

उनले सरकार गयो भन्ने धङधङीमा नरहन माओवादीलाई आग्रह गरे । देश, जनता, मुलुक, राष्ट्र, राष्ट्रियताका पक्षधरहरू सबैको उद्देश्य द जनताको सेवा गर्ने हुनुपर्ने बताए । विपद्मा परेकाहरूको उचित व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरे ।

‘हामी धङधङीमा छौँ । सरकार गयो, किन गयो, कसका कारणले गयो । म विनम्रताकासाथ अनुरोध गर्न चाहन्छु । त्यसको कारक कांग्रेस नै हो । कि हामी पनि हौँ । यो देश रहरमा चल्छ रु आज देश, जनता, मुलुक, राष्ट्र, राष्ट्रियताका हामी पक्षधरहरू जो जहाँ भए पनि हामी सबैको भावना देश सेवा र जनताको सेवा गर्ने उद्देश्य होइन र रु हामी जहिले पनि आरोप, प्रत्यारोप उत्रिने । बोल्न मन नलागेको विषयमा पनि प्रयास गर्नुपर्ने । आज देशमा विपत्ति छ, बाढी, पहिरो छ । ती जनताको व्यवस्था, अवस्था, बस्ने बसाइँ, खानेकुरामा यो सरकारको ध्यान जाओस्’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्