Logo

पत्रकार विनय यादवको हत्यामा संलग्नलाई कारबाही नगरिएको परिवारको गुनासो



काठमाडौं, ३१ साउन । गत वैशाख ११ गते हत्या गरिएका पत्रकार विनय यादवको परिवारले घटनाको निश्पक्ष छानविन गरी दोषीउपर कारबाहीको माग गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनका भाइ शंकरप्रसाद यादवले अपराधमा संलग्न पहिचान भएर किटानी जाहेरी पर्दा पनि आरोपितलाई प्रहरीले पक्राउ नगरेको बताए ।

धनुषाको धनुषाधाम नगरपालिका–५ का पत्रकार विनय न्यूज व्यूरो अनलाइन र रेडियो धनुषाधामका सञ्चालक थिए । विनयले मिटरब्याजीको विरुद्धमा समाचार लेखेकै आधारमा हत्या भएको उनको भनाइ शंकरको दाबी छ ।

शंकरका अनुसार उक्त घटनामा संलग्न चार जनाविरुद्ध इलाका प्रहरी कार्यालय ढल्केबरमा किटानी जाहेरी दिइएको भएपनि प्रहरीले उनीहरुलाई अहिलेसम्म पक्राउ गरेको छैन । गत वैशाख ११ गते राति अन्दाजी चार बजे ढल्केबरमा नियोजित रुपमा विनयको हत्या भएको उनका भाइ शंकरले बताए ।



प्रतिक्रिया दिनुहोस्