Logo

कारोबारले नयाँ कीर्तिमान बनाउँदा ३ वर्षपछि नेप्से ३ हजार विन्दूमाथि पुग्यो



काठमाडौं । करिब ३ वर्षपछि नेप्से परिसूचक ३ हजार बिन्दुमा पुगेको छ ।

बिहीबार ४३.०५ अंकले बढेर नेप्से ३०००.८१ बिन्दुमा कायम भएको हो । कारोबार रकमले पुन: नयाँ कीर्तिमानी कायम गरेको छ ।

साताको अन्तिम कारोबारका दिन बजारमा ६ करोड ८९ लाख ८० हजार ३४६ कित्ता शेयर खरिदबिक्री हुँदा २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ, जुन इतिहासकै सर्वाधिक कारोबार हो ।

यसअघि गत सोमबार ७०.८१ अंकले बढेको बजारमा २७ अर्ब २४ करोड २० लाख ३४ हजार रुपैयाँको कारोबार भएको थियो । उक्त रेकर्ड आज तोडिएको छ ।

कारोबारमा आएका १४३ कम्पनीहरूमध्ये १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १३७ कम्पनीको शेयर मूल्य घटेको छ । एक कम्पनीको मूल्य यथावत छ ।

यस दिन बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।



प्रतिक्रिया दिनुहोस्