Logo

माओवादीको स्थायी समिति बैठक सुरू, प्रचण्डले जवाफ दिँदै



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।

आजको बैठकमा सदस्यहरुले उठाएको विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन् । बैठक आजै सक्ने माओवादीको तयारी छ ।

साउन २५ गते सुरु भएको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले ‘वर्तमान परिस्थिति र पार्टी रूपान्तरणको नयाँ कार्यभार’ सम्बन्धी प्रस्ताव पेस गरेका थिए । चार दिनसम्म चलेको छलफल र बहसमा नेताहरूले नीति, नेतृत्व र पार्टी निर्माणको सम्बन्धमा गम्भीर प्रश्न उठाएका थिए ।



प्रतिक्रिया दिनुहोस्