Logo

जनार्दनको प्रष्टोक्तिः ‘प्रचण्डलाई सबल र सुदृढ बनाउन प्रश्न उठाएँ’



काठमाडौं, ३१ साउन । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सकिएको छ । स्थायी समिति बैठकमा पार्टी उपमहासचिव जनार्दन शर्माले राखेको लिखित प्रस्तावले निकै चर्चा पाएको छ । उनले पार्टीलाई सदृढ बनाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संरक्षक र अहिले पदाधिकारी रहेका सबैजना सल्लाहकार भएर सांगठनिक नेतृत्व तेस्रो पुस्तामा हस्तान्तरण गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

उपमहासचिव शर्माको प्रस्तावमाथि बैठकमा घनिभूत छलफल भएको उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्नि सापकोटाले बताए । उपमहासचिव शर्माले आजको बैठकमा आफूले जे–जति प्रश्न उठाएपनि त्यसको उद्देश्य अध्यक्ष प्रचण्डलाई सुदृढ र सबल बनाउनु रहेको भनी प्रष्ट पारेको प्रवक्ता सापकोटाले सुनाए । प्रवक्ता सापकोटाका अनुसार अध्यक्ष प्रचण्डले पनि उपमहासचिव शर्माले उठाएका वैचारिक राजनीतिक सवाललाई दस्तावेजमा समेटेर जान तयार रहेको बताएका थिए ।

‘मैले जेजति प्रश्नहरु उठाएको छु, अध्यक्षलाई सबल, सुदृढ बनउनको लागि नै उठाएको हो भन्नुभयो । अध्यक्षले पनि उहाँले उठाएका वैचारिक राजनीतिक सवालहरुलाई दस्तावेजमा समेटेर जानका लागि कुनै समस्या छैन भनेर भन्नुभएको छ,’– उपाध्यक्ष एवं प्रवक्ता सापकोटाले भने ।



प्रतिक्रिया दिनुहोस्