Logo

लोडसेडिङको कुरा उठ्दा जब किरणले सर्वेन्द्र सम्झिए



काठमाडौं, ३२ साउन । कुलमान विरुद्ध चौतर्फ घेराबन्दी हुँदा युवा नेता रवि किरण हमालले तत्कालीन अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनाललाई सम्झिएका छन् । विद्युत प्राधिकरण स्वयं भ्रष्टाचारको खालमा डुबेको अवस्थामा तत्कालीन अपराध महाशाखा प्रमुख सर्वेन्द्र खनालले १६ जना कर्मचारीलाई थुनेर ठगी मुद्दा चलाएपछि मात्रै औपचारिक रूपमा लोडसेडिङको मुख्य कारण र विद्युत चोरीको कुरा बाहिर आएको किरणले बताए ।

त्यसपछि मात्रै कुलमान घिसिङले २२ सय कर्मचारीको एकैपटक सरुवा गरेका थिए । कर्मचारी वर्षौंसम्म एकै ठाँउ बस्ने र मिटर गडबड गरेर बिजुली चोरीमा सामेल हुने गतिविधि निरुत्साहित भएको थियो ।

रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले असार १७ गते मध्यरात व्यापारीको घरमा काङ्ग्रेस एमालेले भ्रष्टाचार गर्ने र देशलाई लुट्ने सहमति गरेको आरोप लगाए । देशमा बढिरहेको बेथिति र भ्रष्टाचार विरुद्ध देश भित्र र बाहिर रहेका सबै नेपाली जुरुक्क उठ्न समेत हमालको अपिल छ ।

युवा नेता हमालले काङ्ग्रेस–एमाले गठबन्धनलाई भ्रष्टाचारीको गठजोडको संज्ञा दिए ।



प्रतिक्रिया दिनुहोस्