Logo

एमाले लुम्बिनी संसदीय दलको नेतामा आचार्य चयन



काठमाडौं, १ भदौ । नेकपा (एमाले) लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा चेतनारायण आचार्य चयन भएका छन् । आचार्य लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीसमेत हुन् । आज (शनिबार) प्रदेश इन्चार्ज पद्मा अर्यालको प्रमुख आतिथ्यतामा मुख्यमन्त्रीको कार्यलयमा बसेको प्रदेश संसदीय दलको बैठकले उनलाई संसदीय दलको नेतामा चयन गरेको हो । आचार्य यसअघि संसदीय दलको उपनेता थिए ।

यसअघि एमाले लुम्बिनी संसदीय दलको नेता लिला गिरी थिए । पार्टी महासचिव शंकर पोखरेलनिकट मानिने आचार्यलाई मुख्यमन्त्री बनाएको भन्दै गिरीले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए । गिरी आजको बैठकमा सहभागी थिएनन् ।

आज बसेको बैठकले संसदीय दलको उपनेतामा भोजप्रसाद श्रेष्ठलाई चयन गरेको छ । संसदीय दलको नेता चयन भइसकेपछि आचार्यले प्रमुख सचेतकमा तुल्सीप्रसाद चौधरी र सचेतकमा यमुना रोका तामाङलाई नियुक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्