Logo

परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने



काठमाडौं, २ भदौ । छिमेकी राष्ट्र भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ । भोलि (सोमबार) साँझ साँढे ७ बजे परराष्ट्रमन्त्री राण र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता हुने समय तय भएको छ ।

परराष्ट्रमन्त्री राणाको भारत भ्रमण केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि सरकारको तर्फबाट पहिलो हो । भेटवार्तामा परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री ओलीको तर्फबाट भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तो हस्तान्तरण गर्ने बताइएको छ ।

परराष्ट्रमन्त्री राणा भारतीय विदेशमन्त्री डा.एस जयशंकरको निमन्त्रणामा आज नयाँ दिल्ली प्रस्थान गरेकी थिईन् । परराष्ट्रमन्त्री राणाले भारतीय समकक्षी जयशंकरलाई पनि भोलि नै भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।



प्रतिक्रिया दिनुहोस्