Logo

प्रधानमन्त्रीले कुलमान घिसिङलाई हटाउन खोजेको भन्ने कुरा अफवाहमात्रै होः एमाले नेता सिलवाल



काठमाडौं, ३ भदौ । नेकपा (एमाले) का नेता नवराज सिलवालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनतामा आशा र भरोसा जगाएको बताएका छन् । हिजो (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्रीको रुपमा ओली आएसँग देश सही ट्रयाकमा गएको बताएका हुन् । वर्तमान सरकार उद्योग धन्दा सञ्चालन, कृषिमा आधुनिकीकरण र टुरिजमलाई अगाडि बढाउने दिशामा अगाडि बढेको उनले बताए ।

अहिले सबैको सवाल मुलुकमा राम्रो होस्, सुशासन कायम होस् भन्ने नै रहेको बताउँदै उनले सरकार त्यही लयमा अगाडि बढेको बताए । अहिले प्रधानमन्त्री ओलीको पक्षमा जनमत बढ्दै गएको उनको भनाइ छ । ‘सरकारले के गर्यो र भनेर अहिले नै भन्ने बेला भएको छैन । सरकार सही ट्रयाकमा छ । अर्थनीतिलाई सही बाटोमा लिएर जाँदै छ,’– उनले भने ।

नेता सिलवालले प्रधानमन्त्री ओलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन आँटेको भन्ने कुरामा कुनै सत्यता नरहेको बताए । भइरहेको संयन्त्रलाई सहयोग गरेर काम गर्न दिने पक्षमा प्रधानमन्त्री ओली रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्