Logo

माओवादी प्रदेशस्तरीय परामर्श समितिको बैठक जारी, यस्तो छ प्रदेश परामर्श बैठकको तालिका



काठमाडौं, ५ भदौ । नेकपा (माओवादी केन्द्र) को प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले बैठक बसिरहेको छ । बैठकमा गत साउन ३१ गते सम्पन्न स्थायी समितिको निर्णय र प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

बिहीबारसम्म चल्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू र प्रदेशका पदाधिकारीहरू सहभागी हुने बताइएको छ ।

गत साउन ३१ गते सम्पन्न स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीका बिचमा छलफलका लागि परामर्श बैठक बोलाएको थियो ।

यस्तो छ प्रदेश परामर्श बैठकको तालिका

  • बागमती प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको वैठक भाद्र ५ र ६ गते ।
  • उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ७ र ८ गते ।
  • गण्डकी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको वैठक भाद्र ९ र १० गते ।
  • सुदुपश्चिम प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको वैठक भाद्र १२ र १३ गते ।
  • कर्णाली प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको वैठक भाद्र १४ र १५ गते ।
  • लुम्विनी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १६ र १७ गते ।
  • तीन वटै केन्द्रीय आयोगका सदस्यहरूको वैठक भाद्र १८ र १९ गते ।
  • मधेश प्रदेशका के.स. हरूको बैठक भाद्र २२ र २३ गते ।
  • पूर्व, १ नं प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको वैठक भाद्र २४ र २५ गते ।
  • ज.व.श मोर्चामा कार्यरत पार्टी के.स. हरू र केन्द्रीय विभागहरूमा कार्यरत पार्टी के.स. हरू को बैठक भाद्र २७ र २८ गते ।
  • प्रवास प्रदेशमा कार्यरत पार्टी के.स. हरू तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ३१ आश्विन १ गते ।
  • जेष्ठ कम्युनिष्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूको वैठक असोज २ र ३ गते ।



प्रतिक्रिया दिनुहोस्