Logo

राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमाथि छलफल



काठमाडौं, ५ साउन । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जारी रहेको छ । बैठकमा भ्रष्टाचार निवारण ऐन–२०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल भइरहेको छ ।

भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचारको मुद्दामा हदम्याद राख्न नहुनेमा सांसदहरुले आफ्नो मत राखेका छन् ।

बैठकमा गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक छिटो पारित गरिदिन आग्रह गरेका छन् । विधेयकमा संशोधन गर्ने वा छलफल गर्ने कुरा पहिचान भएको भन्दै उनले अब टुङ्गोमा पुर्याउन उनले समितिका सदस्यहरुलाई आग्रह गरे ।फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्