Logo

काम नसकिएपनि सर्वसाधारणका लागि धरहरा खुल्ला गर्ने तयारी



काठमाडौं, ५ साउन । सरकारले सर्वसाधारणका लागि धरहरा खुल्ला गर्ने तयारी गरेको छ । आज (बुधबार) मन्त्रालयमा आयोजित पत्रकारहरुसँगको छलफलमा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काम नसकिएपनि आवश्यक बन्दोबस्त मिलाएर धरहरा खुल्ला गर्ने तयारी भइरहेको बताएका हुन् । उनले अबको केही दिनमै धरहरा खुल्ला गरिने बताए ।

‘धरहराको केही दिनमै कम्प्लिट पार्ट होइन, केही पार्ट इच्छुक हुने, धरहरा चढ्न चाहनेहरुको बन्दोबस्त गर्न हामी लागिरहेका छौं,’– उनले भने ।

ृउपप्रधानमन्त्री सिंहले संसद् भवन निर्माणको काम पनि ८२ प्रतिशत सकिएको बताए । उनले उक्त भवन ठेक्का लिएको समय सीमाभित्रै सकिनुपर्ने भनेर आफूहरुले दवाब दिइरहेको बताए ।

काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि उपत्यका मेयर्स फोरमसँग छलफल भइरहेको मन्त्री सिंहले बताए । निर्देशिका बनाएर स्थानीय तहसँगको समन्वयमा फोहोर मैला व्यवस्थापनको काम भइरहेको पनि उनले बताए ।

२०७८ वैशाख ११ गते (तत्कालीन प्रधानमन्त्री) प्रधानमन्त्री केपी शर्मा ओलीले भुकम्पले भत्काएपछि पुनर्निर्माण गरिएको धरहरा उद्घाटन गरेका थिए । धरहरा उद्घाटन भएको ३ वर्ष वितिसक्दा पनि अझै काम सकिएको छैन । कामै नसकी धरहरा उद्घाटन गरेको भन्दै ओलीको खुबै आलोचना भएको थियो ।



प्रतिक्रिया दिनुहोस्