Logo

आरजुको भारत भ्रमणबारे माओवादीवृत्तमा चर्चा, कांग्रेससँग एमाले बिच्किएको प्रचण्डको निश्कर्ष



काठमाडौं, ५ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमाले गठबन्धन लामो समय अगाडि नजाने संकेत गरेका छन् । आज (बुधबार) देखि सुरु भएको बागमती प्रदेश परामर्श समितिको बैठकमा उनले परराष्ट्रमन्त्री आरजु राणा देउवाको भारत भ्रमणले कांग्रेससँग एमाले बिच्किसकेको बताएका हुन् । ‘परराष्ट्रमन्त्री आरजु राणालाई भारतले जुन ढंगले महत्व दियो, यसले एमाले बिच्किएको छ,’– प्रचण्डको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

त्यस्तै, आजको बैठकमा प्रचण्डले पार्टी विभाजन हुँदैछ भन्ने हल्ला स्थायी कमिटी बैठकले खारेज गरिसकेको बताए । उनले नेताहरुलाई अनावश्यक मिडिया ट्रायल नगर्न पनि सचेत गराएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्