Logo

जनार्दनले पार्टी फुटाउँदैछन् भनेर झुठो र भ्रमपूर्ण हल्ला फैलाइयोः माओवादी सचिव पौडेल (भिडिओसहित)



काठमाडौं, ६ भदौ । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले पार्टी उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँदैछन् भनेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कहिले पनि नभनेको प्रष्ट पारेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जनार्दनले पार्टी फुटाउँदैछन् भनेर गलत, झुठो र अनावश्यक हल्ला चलाइएको बताएका हुन् । पार्टी अध्यक्ष प्रचण्डलाई ‘जनार्दनले पार्टी फुटाउँदैछन्’ भनेर अरु कसैले सुनाएको नेता पौडेलले बताए ।

‘उहाँले केही विषयमा छलफल उठाउनु भएको हो । तर, पार्टी फुटाउँदैछन् जनार्दनले भन्ने कुरा विलकूल गलत, झुटो र अनावश्यक रुपमा चलाइएको प्रचारबाजी हो । अरुले बरु प्रचण्डलाई सुनाएको कुरा भन्नु भएको हो । अरुले जनार्दनले पार्टी फुटाउँदैछन् भन्छन्, के हो ? भनेर प्रचण्डलाई प्रश्न गरेको कुरा भन्नु भएको हो । प्रचण्डले गुट बनाएको कुरा भन्नु भएको हो । साथीहरु गु्ट नबनाउनुस्, सबै जना मिलेर जानुपर्छ भन्नुभएको हो । तर, जनार्दनले पार्टी फुटाउँदैछन् भनेको त काही कसैले सुनेको छैन,’– उनले भने ।

सचिव पौडेलले माओवादीले गठबन्धन गर्दा कमजोर भएको र टुटफुटको बाटोमा गएको बताए । उनले विगतबाट पाठ सिकेर अब पार्टीलाई बलियो बनाउनेतिर लाग्नुपर्ने बताए । उनले अलिकति भोट संख्या घटेपनि माओवादी पत्तासाफ भयो भनेर नसोच्ने उनले आग्रह गरे । नेता पौडेलले माओवादीमा अहिले प्रचण्डको विकल्प नै नरहेको बताए ।

‘गठबन्धन नगरी एक्लै जाँदा माओवादी बलियो थियो । दलित, गरिब र उत्पीडित जनताको बस्तीमा गएको थियो । जब गठबन्धन गर्न थाल्यौं माओवादी कमजोर भयो, टुटफुट भयो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्