Logo

सरकारलाई रवि लामिछानेको प्रश्नः दलितहरुले आफ्नो हक माग्नु गलत हो ?



काठमाडौं, ६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राज्यको विभिन्न निकायमा दलितको सहभागिता हुनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका खगेन्द्र सुनारलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले ‘खगेन्द्रजस्तै दलितहरुले आफ्नो हक माग्नु गलत हो ?’ भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

‘राज्यको विभिन्न तहमा दलितको सहभागिता हुनुपर्छ भनेर माइतिघरमा आन्दोलन गर्दै आएका दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले निषेधित क्षेत्र प्रवेश गर्न खोजेको भन्दै पक्राउ गरेको र उनलाई अबेर राति रिहा गरेको भन्ने कुरा जानकारी आएको छ । म सरकारलाई सोध्न चाहन्छु– के खगेन्द्रजस्तै दलितहरुले आफ्नो हक माग्नु गलत हो ?’ उनले सरकारलाई प्रश्न गरे ।

सरकारले आफ्नो हक माग्ने सबैलाई मुख थुन्न खोजेको भन्दै आपत्ति जनाए । खगेन्द्र र उनीजस्ता देशभरका अभियन्ताहरुको कुरा सुनेर सरकारले संविधानले निदिष्ट गरेअनुसार राज्यका संरचनाहरुमा दलितको सहभागिता सुनिश्चित गर्नुपर्ने उनले माग गरे ।



प्रतिक्रिया दिनुहोस्