Logo

मर्स्याङ्दीमा बस खस्दा कम्तीमा १४ जनाको मृत्यु, ६ जना बेपत्ता



काठमाडौं, ७ भदौ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा बस खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । आज (शुक्रबार) आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको हो । बसमा भारतीय पर्यटकहरु सवार थिए । सशस्त्र प्रहरी बल (एपीएफ) प्रवक्ता कुमार न्यौपानेका अनुसार दुर्घटनास्थलबाट अहिलेसम्म १४ जनाको शव निकालिएको छ ।

अहिले उद्धार कार्य जारी रहेको र उद्धारमा १० गोताखोरसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको ८० जनाको टोली खटिएको बताइएको छ ।

उक्त बसमा ३५ जना यात्रु सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । अहिलेसम्म १५ जना घाइतेलाई उद्धार गरिएको पनि प्रहरीले जनाएको छ । ६ जना यात्रु अझै बेपत्ता छन् ।



प्रतिक्रिया दिनुहोस्