Logo

प्रधानमन्त्री ओली अस्वस्थ



काठमाडौं, ७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाथ्यमा समस्या देखिएको छ । स्वास्थ्य प्रतिकूल भएसँग प्रधानमन्त्री ओली आज नेपाल उद्योग तथा व्यवसायी महासंघको कार्यक्रममा सहभागी हुन सकेनन् । सो कार्यक्रममा प्रधानमन्त्री ओली मध्यान्न १२ बजे उपस्थित हुने कार्यतालिका रहेको थियो ।

अन्ततः प्रधानमन्त्री ओलीको सचिवालयले उनी अस्वस्थ भएका कारणले कार्यक्रममा उपस्थित हुन नसक्ने जानकारी गराएको एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री भानुभक्त ढकालले बताए ।

‘स्वास्थ्य प्रतिकूलताका कारणले उहाँ आज यो कार्यक्रममा आउन नसक्ने व्यहोरा उहाँको सचिवालयबाट हामीलाई पछिल्लो पटक प्राप्त भयो । हामीले धेरै कोशिस गर्यौं, बोल्न नसक्ने स्थिति हुँदा उहाँ आएर देखिएर गइदिए पनि हुन्थ्यो भन्ने हाम्रो भावना थियो । तर, आज विहान सचिवालयमा राखिएको बैठकमा पनि उहाँ जाने स्थिति नबनेको कारणले गर्दा अहिले म बोल्नुभन्दा अगाडि राजेश शाक्यज्यूले फोन गरेर त्यही कुरा जानकारी गराउनुभएको छ ,’– एमाले स्थायी कमिटी सदस्य ढकालले भने ।



प्रतिक्रिया दिनुहोस्