Logo

रवि लामिछानेलाई थुन्न ढिला गरेको भन्दै केन्द्रीय समिति बैठकमा कड्किए जीतजंग



काठमाडौं, ७ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई थुन्न ढिला गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । कांग्रेस केन्द्रीय समिति बैठकमा उनले पार्टी सरकार रहेको र गृहमन्त्री पनि कांग्रेसबाट नै रहेको अवस्थामा विभिन्न काण्डमा मुछिएका लामिछानेलाई पक्राउ गरेर अनुसन्धान नगरिएको भन्दै आपत्ति जनाएका हुन् ।

‘सरकार हाम्रै छ, गृहमन्त्री पनि हाम्रै हुनुहुन्छ । विभिन्न काण्डमा मुछिएका रवि लामिछानेलाई पक्रिएर अनुसन्धान गर्न किन ढिला गरेको ?’ बस्नेतको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

ती केन्द्रीय सदस्यकाअनुसार लामिछानेको दोहोरो नागरिकता, दोहोरो राहदानी र सहकारी प्रकरण छानविन हुनुपर्ने बस्नेतले माग राखेका थिए । लामिछानेलाई पक्राउ गरेर अनुसन्धान नगर्ने हो भने कुनै व्यक्तिले चाहेमा उसले दोहोरो नागरिकता र राहदानी बनाउन पाउनु्पर्ने उनको माग थियो ।

कुनै पनि विषयमा जनतालाई कानुनले छुट दिएको छैन भने नेताहरुले पनि छुट पाउन नहुने बस्नेतको अडान थियो ।



प्रतिक्रिया दिनुहोस्