Logo

प्रधानमन्त्री ओलीलाई गाली गलौज गरेको आरोपमा वाईसीएल धादिङ जिल्ला सचिव लामा पक्राउ



काठमाडौं, ७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (एमाले) विरुद्ध गाली गलौज गरेको आरोपमा धादिङका राजन लामा पक्राउ परेका छन् । उनी नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) का जिल्ला सचिव हुन् ।

लामाविरुद्ध काठमाडौं जिल्ला अदालतमा साइबर अपराधमा अभियोग पत्र दायर भएको बताइएको छ । प्रहरीले लामालाई गत साउन २७ गते पक्राउ गरेको थियो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन खोजिएको भन्दै लामाले प्रधानमन्त्री ओली र एमालेविरुद्ध सामाजिक सञ्जालमा लेखेका थिए ।



प्रतिक्रिया दिनुहोस्