Logo

भारतीय राज्यमन्त्री खड्से गृह मन्त्रालयमा, मन्त्री लेखकसँग भेटवार्ता



काठमाडौं, ८ भदौ । गृहमन्त्री रमेश लेखक र भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्सेबीच भेटवार्ता भएको छ । आज (शनिबार) गृहमन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो । हिजो (शुक्रबार) पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट बस मर्स्याङ्दी नदीमा खसेको थियो ।

सो दुर्घटनामा २७ जना भारतीय तिर्थयात्रीको मृत्यु भएको थियो भने १६ जना घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । सोही दुर्घटनापछि नेपाल आएकी भारतीय राज्यमन्त्री खड्सेले सिंहदरबार पुगेर गृहमन्त्री लेखकसँग भेटवार्ता गरेकी हुन् ।

भेटवार्तामा घाइतेहरुको उपचार, मृत्यु भएकाहरुको शव भारत पठाउनेलगायतका विषयमा छलफल भएको बताइएको छ । बस दुर्घटनामा मृत्यु भएकाहरुको पोस्टमार्टम सकिएको बताइएको छ । मृतकहरुको शव लिन भारतीय एयरफोर्सको जहाज चितवनमै आउने बताइएको छ । फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्