Logo

‘सरकारसँग आश गर्नुस्, भर पनि पर्नुस्’



काठमाडौं, ८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई अहिलेको सरकारसँग आश गर्न र भर पनि पर्न आग्रह गरेका छन् । आज (शनिबार) युथ कनक्लेभ २०२४ लाई सम्बोधन गर्दै उनले वर्तमान सरकार काम गर्नकै लागि बनेको बताए । देशमा परिवर्तन ल्याइछाड्ने उद्देश्यले आफू प्रधानमन्त्री बनेको बताए ।

‘अहिलको सरकारसँग आश पनि गर्नुस्, भर पनि पर्नुस् । फरक पर्दैन, भर पर्नुपर्छ यो सरकारसँग । किन भने यो केही काम गर्नका लागि बनेको छ । म यो उमेरमा घस्रिनुपर्ने केही आवश्यक्ता थिएन । तर, देशमा परिवर्तन ल्याइछोड्ने उद्देश्यका लागि म बन्दैछु,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्