Logo

माओवादीसँग एकता नगर्ने पक्षमा झलनाथ, माधवलाई भने, ‘अरुको उट्पट्याङमा लाग्न हुँदैन’



काठमाडौं, ९ भदौ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अरुको उट्पट्याङमा लागेर पार्टी एकता गर्न नहुने मत राखेका छन् । आज (शनिबार) पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले एकीकृत समाजवादीलाई अरुको उट्पट्याङमा लाग्नुपर्ने जरुरी नरहेको बताएका हुन् ।

सम्मानित नेता खनालले माओवादी सत्तामा रहँदा एकीकृत समाजवादीसँग कुनै छलफल नै नगरेको टिप्पणी गरे । नेता खनालले सत्ताबाट बाहिरिएको माओावादीले अहिले मिटिङ गरौं भनेर हैरान पारिरहेको र बेला–बेलामा पार्टी एकता गरौं भन्ने गरेको बताए ।

‘सत्ताबाट ओर्लिएपछि हामीसँग मिटिङ गरौं कि गरौं, अझ एकता गरौंमा लागेको छ । हामीले सबै कुरा बुझौं, कसको हुट्हुटी के हुन् ? को– किन तिल्मिलाईरहेको छ ? को किन घमण्डका घैटा बोकेर हिँडिरहेको छ ?’ उनले भने, ‘यी चिजहरुलाई गहिरो गरी हामीले बुझ्नुपर्छ । हाम्रो पार्टी आफ्नै ढंगले स्वतन्त्र विचार, नीति, सिद्धान्त, कार्यक्रम र लक्ष्य बोकेको पार्टी हो । हामीले अरुको उट्पट्याङमा लाग्नुपर्ने केही पनि जरुरत छैन ।’ Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्