Logo

मुकुलको साधारण सदस्यता पनि खोस्ने तयारीमा रास्वपा



काठमाडौं, १० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निश्काशित महामन्त्री मुकुल ढकाललाई पार्टीले साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने तयारी गरेको छ । भोलि (मंगलबार) बस्ने केन्द्रीय समिति बैठकले मुकुलको साधारण सदस्यता खोस्ने बताइएको छ ।

निश्काशित महामन्त्री ढकाललाई पार्टीले पटक–पटक स्पष्टीकरण सोधिसकेको छ । स्पष्टीकरणको जवाफ दिनुको सट्टा मुकुलले भने प्रत्येक पटक पार्टी सभापति रवि लामिछानेमाथि चूनौति दिने गरेका छन् ।

पछिल्लो पटक उनले पार्टी सभापति लामिछानेलाई दोहोरो नागरिकता, दोहोरो राहदानी र सहकारी ठगीमा दोषी प्रमाणित गर्नसक्ने सम्मको चुनौति दिएका छन् ।

मुकुलले मर्यादाको हद नाघेर जवाफ दिने गरेको भन्दै भोलिको बैठकबाट उनलाई साधारण सदस्य पनि नरहने गरी कारबाहीको तयारी गरिएको रास्वपाका एक केन्द्रीय सदस्यले बताए ।



प्रतिक्रिया दिनुहोस्