Logo

नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त



काठमाडौं, १२ भदौ । नेपाली सेनाको सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज (बुधबार) सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गरेका हुन् ।

यसअघि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारीमा रहेका सिग्देललाई आगामी भदौ २४ गतेबाट लागू हुनेगरी नियुक्त गरिएको विज्ञत्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्