Logo

उमेरहदविरुद्ध प्रहरी अधिकारीहरुद्वारा सर्वोच्चमा रिट दायर



काठमाडौं, १२ भदौ । आगामी भदौ २६ गते उमेर हदका कारण अनिवार्य अवकाश हुन लागेका नेपाल प्रहरीका अधिकारीहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, राजेशनाथ बास्तोला, केदार ढकाल र प्रहरी निरीक्षक नागेन्द्र ठाकुरले रिटले सर्वोच्चमा रिट दायर गरेका हुन् । सो रिटको प्रारम्भिक सुनुवाइका लागि भोलि (विहीबार) पेशी तोकिएको छ ।

आगामी भदौ २६ गतेबाट उमेर हदका कारण एआईजी ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, राजेशनाथ बास्तोला, केदार ढकाल र प्रहरी निरीक्षक नागेन्द्र ठाकुर अनिवार्य अवकाश हुन लागेका छन् ।



प्रतिक्रिया दिनुहोस्