Logo

भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद हटाउन सरकार तयार छः गृहमन्त्री लेखक



काठमाडौं, १४ भदौ । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद हटाउन सरकार तयार रहेको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशान समितिको बैठकमा आफ्नो धारणा राख्दै उनले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद हटाएर पहिलाकै व्यवस्था राख्न सरकार तयार रहेको बताएका हुन् ।

भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद राखिएको छ । राष्ट्रिय सभाले पारित गरिसकेको उक्त विधेयकमाथि अहिले प्रतिनिधि सभामा दफावार छलफल भइरहेको छ । सो विधेयकमा हदम्याद राखेर भ्रष्टाचारको मुद्दामा उन्मुक्ति दिन खोजिएको भन्दै व्यापक आलोचना भइरहेको छ ।

गृहमन्त्री लेखकले भ्रष्टाचारमा जहिलेसुकै मुद्दा चल्न सक्ने बताए । ‘सरकार यो प्रावधान हटाउन तयार छ । जहिलेसुकै मुद्दा चलाउने सुनिश्चितता गरौँ । ५ वर्षे हदम्यादको विषय हटाउन समस्या भएन,’– उनले भने । फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्