Logo

माओवादीले फिर्ता लियो कोशी सरकारलाई दिएको समर्थन



काठमाडौं, १४ भदौ । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज (शुक्रबार) माओवादी कोशी प्रदेश संसदीय दलले सरकारलाई दिइएको समर्थन फिर्ता लिएको जानकारी गराएको हो ।

‘हामी सरकारबाट बाहिरिए पनि समर्थन कायमै थियो । आज हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रदेश सभाको प्रमुख प्रतिपक्षी बनेका छौं,’– कोशी प्रदेश सभाका पूर्व सभामुखसमेत रहेका नेता बाबुराम गौतमले भने ।



प्रतिक्रिया दिनुहोस्