Logo

गिरीबन्धु टी स्टेट प्रकरणमा कांग्रेस-एमालेले एकअर्कालाई लगाएको आरोपमाथि छानविनको माग



काठमाडौं, १४ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं कोशी प्रदेश सभा सदस्य ईन्द्रबहादुर आङ्बोले गिरीबन्धु टी स्टेट प्रकरणमा कांग्रेस–एमालेले एकअर्कालाई लगाएको आरोपमा छानविनको माग गरेका छन् । आज (शुक्रबार) प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेसले एमालेलाई ३४१ विघा जग्गामा आरोप लगाएको र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कांग्रेसले ७० विघा बेचेर खाएको भनी आरोप लगाएकाले सो प्रकरणमा छानविन हुनु आवश्यक रहेको बताएका हुन् ।

‘सम्मानित अदालतले यो बारेमा परमादेश पनि दिइसकेको छ । यसको बारेमा कांग्रेस र एमालेले एकअर्कालाई लगाएको आरोपमाथि मात्रै छानविन होस् । सम्मानीय प्रधानमन्त्रीजीले भन्नुभएको छ– ७० विघा जग्गा कांग्रेसले बेचेर आयो भन्नुभएको थियो ।’ उनले भने, ‘त्यसपछि कांग्रेसका महामन्त्रीहरुले ३४१ विघामा नीतिगत भ्रष्टाचार भएको छ, यसमा छानविन होस् र संलग्नलाई कारबाही होस् भन्नुभएको थियो । यसको उचित छानविन हुनुपर्छ । उहाँहरुले नै भन्नुभएको हो । यसको छलफल भएर निश्कर्षमा पुग्नुपर्छ होला नि ?’



प्रतिक्रिया दिनुहोस्