Logo

सबै दलले आवश्यक ठानेमा संविधान संशोधन हुनसक्छः सभापति देउवा



काठमाडौं, १४ भदौ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सबै दलहरुले आवश्यक ठानेमा संविधान संशोधन हुनसक्ने बताएका छन् । आज (शुक्रबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान संशोधन हुनसक्ने अवस्था रहेको बताएका हुन् ।

सभापति देउवाले अहिलेको संविधान समावेशीसहितको रहेको उनले बताए । ‘आवश्यक पर्यो भने, सबैले ठान्यो भने संशोधन हुनसक्छ । अहिले वास्तवमा भन्ने हो भने धेरै राम्रो महत्त्वपूर्ण कामहरू भएको छ, यो संविधान समावेशी संविधान छ,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्