Logo

माओवादी नेता दाहालको प्रश्नः जनयुद्ध हिंसा भए धर्म ढकाललाई बन्चरोले हानेर जेल बसेका ओली कसरी क्रान्तिकारी ? (भिडिओसहित)



काठमाडौं, १७ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी सशस्त्र विद्रोहलाई हिंसाको संज्ञा दिएको भन्दै आपत्ति जनाएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले २०२८ सालमा धर्म ढकाललाई मारेर १५ वर्ष जेल बसेका ओलीले माओवादी सशस्त्र विद्रोहलाई हिंसा भन्न नसुहाउने बताएका हुन् ।

‘हिंसा भनेर गाली गरिराख्नुभएको छ । केपी ओलीलाई पनि २०२८ सालमा धर्म ढकाल मारेकै मुद्दा थियो । ०२८ सालमा धर्म ढकाललाई राति सुतेको बेला बन्चरोले हानेर जेल बसेका केपी ओली चाहीँ क्रान्तिकारी हुने ?’ उनले प्रश्न गरे ।

संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी व्यवस्थालगायत सबै जनयुद्धका उपलब्धी स्वीकारेको एमालेले हिंसाको आरोप लगाउनु उचित नरहेको उनको भनाइ छ । वर्तमान व्यवस्था रहुन्जेल एमालेले माओवादीलाई स्वीकार्नुको विकल्प नरहेको उनको दाबी छ । एमाले र माओवादी मिलेर बनेको नेकपा हुँदा दस्ताबेजमा महान जनयुद्ध लेखिएको भन्दै उनले सशस्त्र विद्रोहलाई हिंसा भन्न एमालेले नमिल्ने बताए ।



प्रतिक्रिया दिनुहोस्