Logo

आरजुलाई विश्वासमा लिएर ओलीले कांग्रेसभित्र फाटो ल्याउने प्रयत्न गरिरहेको डा. दीक्षितको आरोप (भिडिओसहित)



काठमाडौं, १७ भदौ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई विश्वासमा लिएर कांग्रेसभित्र फाटो ल्याउने प्रयत्न गरेको टिप्पणी गरेका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ओलीले महिला प्रधानमन्त्रीको कुरा ल्याएर कांग्रेसमा फाटो ल्यलाउन खोजेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले डा. राणालाई विश्वासमा लिन सकेको खण्डमा कांग्रेसमा रेशम र सञ्जिताको जस्तो परिस्थिति आउनसक्ने उनको दाबी छ । उनले पावर र पोलिटिक्समा जे पनि हुने बताए । ‘कतै–कतै ओलीजीले देउवालाई ढ्याङ्ग्रो पो ठोकेको हो कि क्या हो ? आरजुलाई प्रधानमन्त्री बनाउने जस्तो किसिमको कुरा गर्दिएर त फाटो ल्याउन खोजेको देख्छु । ओलीले आरजुलाई समातेर कांग्रेसभित्र आफ्नो पकड जमाउन खोजेको हो कि जस्तो बुझ्छु म त ।’ उनले भने, ‘रेशम चौधरीको कुरा हामीलाई राम्रै याद छ । रेशम चौधरीको श्रीमतिको कुरा जे भएको छ नि, पावर र पोलिटिक्समा जे पनि हुन्छ । ओलीजीले ठूलै गोटी छ खेलेका छैनन् ? आरजुमार्फत कांग्रेसभित्र झण्डा नै गाड्न खोजेका त होईनन् ?’

त्यस्तै, कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पार्टीमा कुनै इज्जत नरहेको उनले बताए । अहिले पार्टी सभापति शेरबहादुर देउवा महामन्त्रीहरुको प्रेसर र प्रधानमन्त्री ओलीको चलाखीले तर्सिएको उनको टिप्पणी छ । File Photo/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्