Logo

सरकारी अस्पताललाई मन्त्रालयको निर्देशनः सार्वजनिक विदामा पनि ओपीडी सञ्चालन गर्नु



काठमाडौं, १७ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक विदाको दिनमा पनि बहिरङ्ग सेवा सञ्चालन गर्न सरकारी अस्पतालहरुलाई निर्देशन दिएको छ । आज (सोमबार) सबै सरकारी अस्पतालहरुलाई पत्राचार गर्दै मन्त्रालयले विदाको दिनमा पनि सबै प्रकारका सेवा प्रवाह गर्न भनेको हो ।

गत भदौ ७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले स्वास्थ्य मन्त्रालयलाई पत्र लेख्दै सार्वजनिक विदाको दिनमा पनि अस्पतालहरुले सबै प्रकारको सेवा प्रदान गर्ने व्यवस्था मिलाउन भनेको थियो ।

‘प्रस्तुत विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको च.न. ३२२७७५, मिति २०६१।०५।०७ को पत्रानुसार स्वास्थ्य सम्बन्धी सेवा प्रवाह सम्बन्धमा २०८१ सालमा दिईने सार्वजनिक विदा सम्बन्धी नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०६०।०९।१२ को निर्णय बमोजिम खण्ड (७३) सङ्ख्या ५४ नेपाल राजपत्र भाग ५ मा मिति २०८०१०११२ गते प्रकाशित गृह मन्त्रालयको सूचना १ को प्रकरण १० (सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्था) को उपप्रकरण १०.१ को खण्ड (न) मा सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सम्बन्धी सेवा (बहिरङ्ग सेवा समेत) प्रवाह गर्नुपर्ने व्यवस्था भएकोमा सोही बमोजिम स्वास्थ्यसम्बन्धी सेवा प्रवाह अनिवार्य रुपमा गर्नु गराउनु हुन यस मन्त्रालयको मिति २०६१।०५।१६ को निर्णयानुसार अनुरोध छ,’- मन्त्रालयको परिपत्रमा भनिएको छ । । File Photo



प्रतिक्रिया दिनुहोस्