Logo

रास्वपा सांसदको प्रश्नः सरकारको प्रवक्ता र मन्त्रीले ‘जिब्रो थुतिदिन्छु’ भन्छ, यो कहाँको वाक् स्वतन्त्रता हो ?



काठमाडौं, १८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य मनिष झाले नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिलाई लिएर संसदमा आपत्ति जनाएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले सरकारको प्रवक्ता र मन्त्रीले ‘जिब्रो थुतिदिन्छु’ भन्नु कहाँको वाक् स्वतन्त्रता हो ? भनी प्रश्न गरे ।

‘लोकतन्त्रको प्रमुख आधारभूत सिद्धान्तमा सबैभन्दा पहिलो र प्रमुख वाक् स्वतन्त्रता हो । एउटा प्रहरी संगठनको प्रमुखले केही बोल्नुभयो । आफ्नो सांगठनिक केही चुनौतिहरु अभिव्यक्त गर्नुभयो भने सरकारको प्रवक्ता र मन्त्रीले
‘जिब्रो थुतिदिन्छु’ भन्छ भने कहाँको वाक् स्वतन्त्रता र कहाँको लोकतन्त्र हो यो ?’ उनले प्रश्न गरे, ‘हामीलाई आएर त्यही दलसँग सम्बन्धित केही पाको अग्रजहरुले सभ्यता सिकाउनु हुनेछ भन्ने अनुरोध छ । आफ्नै मन्त्रिपरिषद्को सदस्यलाई पहिला सिकाउनुस् ।’

गत शनिबार सञ्चारमन्त्री गुरुङले पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी समायोजन ऐनबारे बोल्दै भनेका थिए, ‘प्रहरीको आईजीपीले के भन्यो ? म कानुन लागू गर्दिन, हुँ गर्छ । त्यस्तो बोल्न पाउने कि नपाउने रु त्यसको जिब्रो थुत्नुपर्थ्यो, मैले भन्दाखेरी ।’

सञ्चारमन्त्री गुरुङको उक्त अभिव्यक्तिलाई लिएर अहिले चौतर्फ आलोचना भइरहेको छ । मन्त्री गुरुङले माफी माग्नुपर्नेदेखि बर्खास्तीको समेत आवाज उठिरहेको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्