Logo

यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्छः कांग्रेस नेता भण्डारी



काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार अगाडि बढेमा व्यवस्था नै संकटमा पर्नसक्ने चेतावनी दिएका छन् । आज (मंगलबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले यथास्थितिमै सरकार अगाडि बढेमा व्यवस्था, नेतृत्व र मुलुकमाथि नै संकट आउनसक्ने बताएका हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि आफू पाँच वर्ष जेल बसेको बताउँदै उनले नेतृत्वको असक्षमताको भारी अब बोक्न नसक्ने बताए ।

‘यही तरिकाले सरकार जान्छ भने संकट व्यवस्थामाथि पनि पर्छ । संकट नेतृत्वमाथि पनि पर्छ । संकट मुलुकमाथि पनि पर्छ । त्यसकारण सरकार होईन, अब काम गरेर देखाउनुपर्छ । म व्यवस्थाको निमित्त लडेको हुँ । पाँच वर्ष जेल बसेको छु । पिटाइ खाएको छु । तर, नेतृत्वको इच्छाशक्ति नहुँदा काम गरौं भन्दा पनि हामीले जवाफ दिनुपर्ने ? यो भारी अब हामी बोक्न सक्दैनौं,’– उनले भने । File Photo



प्रतिक्रिया दिनुहोस्