Logo

मन्त्रिपरिषद्को २४ निर्णय, प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतिदेखि नियुक्तिसम्म (पूर्णपाठसहित)



काठमाडौं, २१ भदौ । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ग्लोबल अप्रेशनल नेटवर्क अफ एन्टी–करप्सन ल इन्फोर्समेन्ट अथोरिटिजको सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गरेको छ । हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले अख्तियारलाई उक्त स्वीकृति प्रदानसहित विभिन्न २४ वटा निर्णय गरको को । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा निर्णयहरु सार्वजनिक गरेका हुन् ।

त्यस्तै, अर्थ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेलाई कर्मचारी सञ्चयकोषको सञ्चालक समितिको अध्यक्षमा नियुक्त र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलाई सञ्चालक पदमा मनोनयन गरिएको छ ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ । आगामी असोज ४ गतेदेखि संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन प्रधानमन्त्री ओली प्रतिनिधि मण्डलसहित अमेरिका जाँदैछन् ।



प्रतिक्रिया दिनुहोस्