Logo

बागमती नदी सम्बन्धी मुद्दाको फैसलाले नीजी सम्पत्तिमाथिको अधिकार हनन भएको एकीकृत समाजवादीको निश्कर्ष



काठमाडौं, २३ भदौ । नेकपा (एकीकृत समाजवादी) ले बागमती नदी संरक्षणका सन्दर्भमा परेको मुद्दामा अदालतले गरेको फैसलाले जनताको निजि सम्पतीमाथिको संवैधानिक अधिकार हनन् भएको निश्कर्ष निकालेको छ ।

उपत्यकाका पार्टी कमिटीका नेताहरुको डेलिगेसनलाई सम्बोधन गर्दै अध्यक्ष माधव कुमार नेपालले यस विषयमा पार्टी जनताको पक्षमा उभिने बताए । उनले यसका लागि सबै किसिमका संवाद र दवाबकारी कार्यक्रम गर्नसमेत पहल गर्ने बताए ।

एकीकृत समाजवादी काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला अध्यक्षसहितको टोली डेलिगेसन आएको थियो । उनीहरुसँगको छलफलपछि जनताको निजी सम्पत्ति माथिको संवैधानिक अधिकार हनन भएको निश्कर्ष निकालिएको हो ।

सो कार्यक्रममा अध्यक्ष नेपाल, वरिष्ट उपाध्यक्ष राजेन्द्र पाण्ड, वरिष्ठ नेता प्रमेश हमाल ,उपाधक्षहरु राजेन्द्र पाण्डे, गङ्गालाल तुलाधर, जगन्नाथ खतिवडा र महासचिव घनश्याम भुसालको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्