Logo

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, के-के भयो छलफल ?



काठमाडौं, २३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।बालुवाटारमा भएको आजको भेटवार्तामा प्रभावकारी सरकार सञ्चालनका बारेमा छलफल भएको बताइएको छ ।

त्यस्तै, सरकारमा सहभागी मन्त्रीहरुको कार्य सम्पादनबारेमा पनि छलफल भएको बालुवाटार स्रोतले बताएको छ । जनतामा देखिएको निराशालाई चिर्ने गरी काम गर्न नसक्ने मन्त्रीहरुबारे पुनर्विचार गर्नेबारेमा समेत छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाबीच समसामयिक राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्