Logo

एपीवान टेलिभिजनमा पनि सहकारी ठगीको पैसा आएको रास्वपा सांसदको आशंका



काठमाडौं, २४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले एपीवान टेलिभिजनमा पनि सहकारी ठगीको पैसा आएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । एपीवान टीभीमा गितेन्द्रबाबु राई उर्फ जीवीको पनि लगानी रहेको बताउँदै उनले छानविनका लागि सरकारको ध्यानाकार्षण गराएका हुन् ।

एपीवान टेलिभिजनका अध्यक्ष रामेश्वर थापा हुन् । थापाले कांग्रेस–एमालेको सरकार बनाउन भूमिका खेलेको कांग्रेस सभापति शेरबहादुर देउवाले नै स्वीकार गरेका थिए । कांग्रेस–एमाले सरकार बनाउने भूमिका खेल्ने टीभीका मालिकमाथि सरकारले अनुसन्धान गर्नेमा उनले आशंका व्यक्त गरेका छन् ।

‘एपीवान टीभीमा जिबी राईले लगानी गरेका थिए भन्ने कुरा सञ्चार माध्यमबाट आइरहेको छ । त्यो लगानी सहकारीबाट लगिएको थियो कि थिएन भनेर छानविन गर्ने कि नगर्ने ? सरकार बनाउन भूमिका खेल्ने सो टीभीका मालिकलाई सरकारले छानविन गर्ने हिम्मत राख्छ कि राख्दैन ?’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्