Logo

सत्तारुढ दलका शीर्ष नेताहरु बालुवाटारमा, सरकारको साझा नीति तथा कार्यक्रमबारे छलफल



काठमाडौं, २४ भदौ । सत्तारुढ दलका शीर्ष नेताहरुसहितको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी छन् ।

उनीहरुबीच सरकारको न्यूनतम् साझा नीति तथा कार्यक्रम र समसामयिक घटनाक्रमको विषयमा छलफल हुने बताइएको छ । सरकार बनेको दुई महिना हुँदासम्म सत्तारुढ दलले अहिलेसम्म साझा नीति तथा कार्यक्रम ल्याउन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्