Logo

तरुण दलको विधान मस्यौदा संसोधन समितीद्वारा अध्यक्ष विद्वान गुरुङलाई विधान हस्तान्तरण



काठमाडौं, २४ भदौ । नेपाल तरुण दल विधान मस्यौदा संसोधन समितीद्वारा तयार पारिएको विधान दलको अध्यक्ष विद्वान गुरुङलाई हस्तान्तरण गरिएको छ । आज (सोमबार) केन्द्रीय कार्यालय रवि भवनमा अध्यक्ष गुरुङलाई समितिले मस्यौदा हस्तान्तरण गरेको हो ।

दलको केन्द्रीय समितीको गत चैत १५ र १६ गते बसेको बैठकले विधान मस्यौदा समिती गठन गर्ने अधिकार अध्यक्ष गुरुङलाई दिएको थियो । अध्यक्ष गुरुङले दलको केन्द्रीय सदस्य धनराज तुम्बाहाम्फेको संयोजकत्वमा पाच सदस्यीय समिती गठन गरेका थिए ।

तरुण दलको केन्द्रीय सदस्य कृष्ण रिजाल ,मुना भुषाल ,विबेक न्यौपाने ,लोकहरी पौडेल समितिको सदस्यको रुपमा रहेका थिए । कार्यालय मुख्य सचिव ठानप्रसाद पोखरेल समितिको सदस्य सचिव थिए ।

विधान संसोधन मस्यौदा समितिले आनतरिक गृहकार्य गरि सातवटै प्रदेशको केन्द्रीय सदस्यहरुसँग राय सुझाव संकलन गरेको थियो । अधिकतम सदस्यहरुको भावनालाई समेटेर विधान तयार पारिएको संयोजक तुम्बाहाम्फेले बताए ।

तरुण दल अध्यक्ष गुरुङले विधान मस्यौदा संसोधन समितिलाई आफ्नो कार्यभार जिम्मेवारीपुर्ण र सफलतापुर्वक सम्पन्न गरेको भन्दै धन्यवाद व्यक्त गरे । उनले यथाशीघ्र केन्द्रीय समितिको बैठक डाकी विधान पारित गरिने बताए ।



प्रतिक्रिया दिनुहोस्